चिनियाँ समुद्री प्रहरीको भनाइ: “फिलिपिन्सले थ्ये स्यान द्वीपमा अवैध प्रवेश”

अप्रिल २७, २०२५ | बेइजिङ — चिनियाँ समुद्री प्रहरी व्यूरोका प्रवक्ता लिउ द चयुनले शनिबार जानकारी गराउनुभएको छ कि फिलिपिन्सका ६ जना व्यक्तिले चीनको चेतावनीलाई बेवास्ता गर्दै अवैध रूपमा चीनको थ्ये स्यान द्वीपमा प्रवेश गरेका छन्। प्रवक्ता लिउका अनुसार, चिनियाँ समुद्री प्रहरीले कानूनअनुसार उनीहरूको जाँचबुझ गरेको छ।
चीनले थ्ये स्यान द्वीप तथा नान शा द्वीपसमेत वरिपरिका समुद्री क्षेत्रहरूमा आफ्नो निर्विवाद सार्वभौमिकता रहेको दाबी गर्दै आएको छ। प्रवक्ता लिउले फिलिपिन्सको यस किसिमको व्यवहारले चीनको सार्वभौमिक अधिकारमा हस्तक्षेप गर्नुका साथै ‘दक्षिण चीन महासागरको विभिन्न पक्षका घोषणापत्र’ (Declaration on the Conduct of Parties in the South China Sea) उल्लंघन गरेको आरोप लगाउनुभएको छ। साथै, यस्ता गतिविधिहरूले दक्षिण चीन महासागर क्षेत्रको शान्ति र स्थिरता गम्भीर रूपमा क्षति पु¥याएको पनि उहाँले जोड दिनुभयो।
चीनले क्षेत्रीय विवाद समाधान संवाद र वार्तामार्फत् खोजिनुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ।





