रूसी विदेश मन्त्री र अमेरिकी विदेश मन्त्री बीच टेलिफोन-वार्ता

रूसी विदेश मन्त्रालयको वेबसाइटले सार्वजनिक गरेको पछिल्लो समाचार अनुसार, रूसी विदेश मन्त्री सर्गेई लाभरोभले २७ तारिख अमेरिकी विदेश मन्त्री मार्को एन्टोनिओ रूबिओसँग टेलिफोन-वार्ता गर्नुभएको छ। त्यस क्रममा उहाँहरूले मुख्यतया युक्रेन सङ्कट लगायत हाल रूस-अमेरिका राजनीतिक संवार्तामा देखा परेका महत्त्वपूर्ण विषयहरूबारे फलदायी रूपमा वैचारिक आदान प्रदान गर्नुभएको छ।
अप्रिल २५ तारिख रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिफ विट्कोफ बीच सम्पन्न वार्ताको आधारमा दुवै देशका विदेश मन्त्रीले सम्झौता-वार्ता पुन:आरम्भ गर्न वर्तमान पूर्वाधारलाई सुदृढ पार्ने आवश्यकताबारे जोड दिनुका साथै स्थायी शान्ति र स्थिरतालाई साकार तुल्याउनका लागि साझा प्रयास गर्दै जाने कुरामा पनि सहमति जनाउनुभएको छ।
दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय विषयहरूबारे पनि विचार-विमर्श गरेका छन्।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button