भारत र पाकिस्तानले संयमलाई कायम राख्ने चिनियाँ परराष्ट्र मन्त्रालयको इच्छा

अप्रिल २८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो अवसरमा पत्रकारले हाल भारत र पाकिस्तानको सम्बन्धबारे प्रश्न सोधेका छन्।
प्रवक्ता कोले चीनले हालको परिस्थिति शिथिल हुनका लागि हितकर हुने सबै कदमको स्वागत गर्नुका साथै निष्पक्ष छानबिन तुरून्तै गर्न समर्थन दिएको बताउनुभयो। उहाँकाअनुसार, भारत र पाकिस्तानको साझा छिमेकी मुलुकका रुपमा चीनले भारत र पाकिस्तानले संयमलाई कायम राख्ने, वार्तामार्फत सम्बन्धित मतभेदलाई व्यावहारिक रुपमा समाधान गर्ने, क्षेत्रीय शान्ति तथा स्थिरताको संयुक्त रुपमा संरक्षण गर्ने आशा लिएको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button