अमेरिकी भन्सार कर नीतिद्वारा आफ्नै कृषि व्यवसायमाथि घात

अमेरिकी सञ्चारमाध्यमले अप्रिल २८ तारिख जनाएअनुसार,विश्वका विभिन्न मुलुकले अमेरिकी ट्रम्प सरकारद्वारा लागू गरिएको भन्सार कर नीतिमाथि कडा प्रतिकार गरेकोले तथा विशेष गरी चीनले अमेरिकाबाट कृषि उत्पादनको आयात रोकेकोले अमेरिकी कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ।
अमेरिकाको कृषि उत्पादन ढुवानी लिगका जिम्मेवारी व्यक्तिले भनेका छन्:अमेरिका कृषि उत्पादन व्यवसायमा पूर्ण संकट आएको छ।
ढुवानी कम्पनीको तथ्यांक अनुसार,अप्रिल १४ तारिखसम्म चीन अमेरिकाबीच जहाज ढुवानी मात्रा द्रुत गतिले खस्केर अघिल्लो साताको तुलनामा २२ प्रतिशतले झर्नुका साथै गत वर्षको सोहि अवधिको तुलनामा ४४ प्रतिशतले घटेको छ। केही अमेरिकी कृषि उत्पादन निर्यात व्यवसायीले चेतावनी दिएका छन् कि चिनियाँ बजारको सट्टामा केही पनि पाउँदैन। हाल चीन अमेरिका व्यापार खस्केकोले अमेरिकी कृषि उत्पादनको मूल्य प्रभावित भएर केही उत्पादनको मूल्य २० प्रतिशतले झरेको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button