इरानमाथि अमेरिकी आक्रमणको चीनद्वारा कडा निन्दा

जुन २२ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले इरानको आणविक प्रबन्धमाथि अमेरिकी आक्रमणबारे प्रश्नको जवाफ दिनुभएको छ।

प्रवक्ताका अनुसार, इरानमाथि र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीमा रहेको इरानी आणविक प्रबन्धमाथि अमेरिकी आक्रमणको चीनले कडा निन्दा गरेको छ। अमेरिकाको कदमले राष्ट्रसंघीय बडापत्रको उद्देश्य तथा सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनमाथि गम्भीर उल्लङ्घन गर्नुका साथै मध्यपूर्वमा तनाव बढाएको छ। चीनले द्वन्द्वका पक्षधरहरू, विशेष गरी इजरायलसँग जतिसक्दो चाँडो युद्धविराम गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न र वार्ता सुरु गर्न आह्वान गर्दछ। चीनले अन्तर्राष्ट्रिय जगतसँग मिलेर एकताबद्ध भएर न्याय कायम राखेर मध्यपूर्वमा शान्ति र स्थिरताका लागि प्रयास गर्ने इच्छा लिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button