सुरक्षा परिषद्मा चिनियाँ प्रतिनिधिद्वारा इरानमाथि अमेरिकी आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका लागि चीनका प्रतिनिधि फु छोङले २२ तारिखका दिन सुरक्षा परिषद्को आपतकालीन सार्वजनिक बैठकमा इरानमाथि र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीमा रहेको आणविक प्रबन्धमाथि अमेरिकी आक्रमणको कडा निन्दा गर्नुभएको छ।
प्रतिनिधि फु छोङका अनुसार, बलले मध्यपूर्वमा शान्ति ल्याउन सक्दैन र संवाद तथा वार्ता नै आधारभूत उपाय हो। सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी वहन गरेको छ र ठूला संकटका सामु निस्क्रिय रहन सक्दैन । रुस, चीन र पाकिस्तानले सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा पेश गरेर तत्काल र बिनाशर्त युद्धविराम गर्न, नागरिकको सुरक्षा गर्न, अन्तर्राष्ट्रिय कानुनको पालना गर्न, संवाद र वार्ता सुरू गर्न आह्वान गरेका छन्। सुरक्षा परिषद्का सदस्यहरूले आफ्नो जिम्मेवारी प्रदर्शन गरेर उक्त मस्यौदालाई संयुक्त रूपमा समर्थन गर्ने चीनको अपेक्षा छ।





