२१ आश्विन २०८३, बुधबार

शुक्रबारदेखि ‘नेपाल म्याङ्गो फेस्ट’

नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट’महोत्सव शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। काठमाडौँ अर्ग्यानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको राससले जनाएको छ।

महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ। महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्ग्यानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिनुभएको छ।

कार्यक्रमको आकर्षणका रूपमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन्। पाँच भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ। माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने छ।
यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने बताइएको छ।

तीन दिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button