ट्रम्पले ब्रिक्स मुलुकमाथि थप १० प्रतिशतको नयाँ भन्सार कर लगाउन चेतावनी दिनुभएको सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

जुलाई ७ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स मुलुकमाथि थप १० प्रतिशतको नयाँ भन्सार कर लगाउन चेतावनी दिनुभएको थियो। यस विषयबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता माउ निङले ब्रिक्स व्यवस्था उदीयमान बजार र विकासोन्मुख मुलुकहरू सहकार्य गरिने महत्वपूर्ण चौतारो भएकाले खुलस्त, सहिष्णु, सहकार्यमार्फत साझा जीत हुने कुरा नै त्यसको मुख्य उद्देश्य रहेको कुरामा जोड दिनुभएको छ।
थप भन्सार कर लगाउने विषयबारे चर्चा गर्दै प्रवक्ता माउ निङले यस सन्दर्भमा चीनले धेरैपटक गरी आफ्नो अडानलाई स्पष्टसँग प्रकाश पारेको बताउँदै व्यापार युद्ध र भन्सार लडाइँमा कुनै पनि बिजेता नहुने र संरक्षणवादको भविष्य पनि नहुने कुरालाई दोहर्याउनुभएको छ।





