“विशाल ब्रिक्स सहकार्य” विश्वव्यापी दक्षिणका लागि के कस्तो अर्थ?

दिगो विकासमा नजर पुर्याऔँ! एकपक्षीय व्यापारिक नाकाबन्दीको विरोध गरौँ! हातमा हात मिलाएर बहुपक्षीयवादको संरक्षण गरौँ! …..जुलाई ७ तारिख ब्रिक्स मुलुकका नेतागणको १७औँ भेटवार्ता ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न भएको छ। सो शिखर सम्मेलनमा रियो द जेनेरियो घोषणा-पत्र जारी गरिनुबाहेक कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तन लगायतका विविध क्षेत्रका दस्तावेज पनि सम्पन्न भएका छन्।

विश्वव्यापी सञ्चालन र सुधारलाई अघि बढाउने आदि मुख्य विषय बमोजिम चीनले विश्व शान्ति र स्थिरताको संरक्षण गर्ने, आर्थिक वृद्धि दरलाई सशक्त पार्ने र सभ्यताको आदान प्रदानलाई प्रवर्द्धन गर्ने ३ बुँदे प्रस्ताव प्रस्तुत गर्नुका साथै ब्रिक्स सहकार्य र विश्वव्यापी दक्षिणको विकासलाई समर्थन गर्ने श्रृङ्खलाबद्ध कदम पनि घोषणा गरेको छ। त्यसबाट अन्तर्राष्ट्रिय समाजको प्रतिक्रिया पाइएको छ।
यस शिखर सम्मेलन नयाँ सदस्य इण्डोनेशिया र अन्य १० वटा साझेदारी मुलुक ब्रिक्समा संलग्न भएपछि आयोजित पहिलो शिखर सम्मेलन हो। बितेका २० वर्षयता ब्रिक्स सहकार्य व्यवस्था क्रमश: विश्वव्यापी दक्षिण एकताबद्ध भएर सहकार्य गरिने सुनौलो कार्ड पनि बनेको देखिन्छ। विश्वमा ठूल्ठूला परिवर्तन भइरहेको सिलसिलामा ब्रिक्सको परिधि पनि विस्तार हुँदै आएको छ। अधिकांश पर्यवेक्षकको भनाइ जस्तै: त्यसमा चीनको भूमिका नभइ नहुने विषय नै रहेको छ। भविष्यमा चीनले निरन्तर रूपमा अझ बढी वास्तविक कदम चाली विशाल ब्रिक्स सहकार्यलाई अघि बढाउनुका साथै डामाडोल विश्वका लागि अझ बढी सकारात्मक शक्ति थपिदिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button