“बेल्ट एण्ड रोड”को साझा निर्माण उच्च गुणस्तरीय विकास नयाँ चरणमा

हालै सार्वजनिक एक प्रतिवेदनअनुसार, यस वर्षको पूर्वार्द्धमा चीनको ‘बेल्ट एण्ड रोड’ पहलअन्तर्गतका परियोजनाको रकम सन् २०२४ मा आयोजनाको कुल सङ्ख्याभन्दा बढी भएको छ। जसले आधा वर्षमा सबैभन्दा बढी परियोजनाको रेकर्डको सिर्जना गरेको छ। चीनले “बेल्ट एन्ड रोड” पहलमार्फत् सह-निर्माण देशहरूसँगको सहयोगलाई सबल पार्न गतिविधि अमेरिकाले व्यापारिक साझेदारीमाथि लगाएको उच्च ट्यारिफभन्दा स्पष्ट तुलनामा देखाएको छ। धेरै देशहरूले “बेल्ट र रोड” सहयोगलाई चीनसँग सम्बन्ध गहिरो बनाउने अवसरको रूपमा लिएको केही मिडिया र विद्वानहरूले टिप्पणी गरेका छन्।
जुलाई २२ तारिखचिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले नियमित पत्रकार सम्मेलनान यस विषयबारे जवाफ दिनुभएको छ। उहाँका अनुसार, “बेल्ट एण्ड रोड”को साझा निर्माण उच्च गुणस्तरीय विकास नयाँ चरणमा प्रवेश गरेको छ। युरेसियादेखि अफ्रिका तथा ल्याटिन अमेरिकासम्म, हार्ड कनेक्टिभिटीदेखि सफ्ट कनेक्टिभिटी तथा हार्ट कनेक्टिभिटीसम्म, सहकार्यको परिणामले १५० भन्दा बढी देशका जनतालाई फाइदा पुर्याएको छ।
चीन सबै पक्षहरुसंग मिलेर “बेल्ट एण्ड रोड” को उच्च गुणस्तरीय साझा निर्माणलाई बढाउने इच्छा राखेको छ।
CGTN





