अमेरिका र चीन वार्ता र सञ्चारबाट सहमति बढाउने आशा

जुलाई २२ तारिखमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता को च्याखुनले चीन–अमेरिका आर्थिक तथा व्यापारिक परामर्शबारे अमेरिकी अर्थमन्त्रीको भनाइसम्बन्धित प्रश्नको जवाफ दिनुभएको छ।
प्रवक्ता कोका अनुसार, करको विषयमा चीनको अडान स्थिर र स्पष्ट छ। चीन-अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासका लागि चीनले अमेरिकासँग दुई देशका राष्ट्रनायकबीचको फोन वार्तामा प्राप्त महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै चीन-अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको भूमिका खेलेर संवाद र सञ्चारमार्फत् सहमति बढाउने, गलत समझलाई कम गर्ने र सहयोगलाई मजबुत बनाउने आशा गरेको छ।
CGTN
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button