ब्रह्मपुत्र नदीको तल्लो भेगमा जलविद्युत् परियोजनाबारे चीनबाट सम्बन्धित देशसँग आवश्यक सञ्चार गरेको चिनियाँ परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति

जुलाई २३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले सिचाङमा चीनले निर्माण गर्ने जलविद्युत परियोजनासम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ।
उहाँका अनुसार, ब्रह्मपुत्र नदीको तल्लो भेगमा जलविद्युत परियोजनाको निर्माण चीनको सार्वभौमिकता भित्र छ। त्यसको लक्ष्य स्वच्छ ऊर्जाको विकासलाई तिव्र पार्ने, स्थानीय जनताको जीवनस्तर सुधार गर्ने र जलवायु परिवर्तनको सक्रिय प्रतिक्रिया दिने हो। चीनले सीमापार नदीको विकासमा सधैँ उच्च जिम्मेवारवोध दृष्टिकोण अपनाएको छ र जलविद्युत परियोजनाको विकासमा चीनसँग समृद्ध अनुभव छ। ब्रह्मपुत्र नदीको तल्लो भेगमा जलविद्युत् परियोजनाको डिजाइन र निर्माण गर्दै चीनको उद्योगमा सर्वोच्च मापदण्डको पालना गरेर परियोजनाको निर्माण र पर्यावरणको संरक्षण गर्नुका साथै धेरै महत्त्वपूर्ण पर्यावरणीय संवेदनशील क्षेत्रबाट बचेर मूल पर्यावरणीय प्रणालीलाई अधिकतम हदसम्म संरक्षण गर्दछ। उक्त जलविद्युत परियोजनाको निर्माण सम्पूर्ण बेसिनमा प्रकोपको रोकथाम र न्युनीकरणका लागि अनुकूल छ र यसले तल्लो क्षेत्रमा प्रतिकूल प्रभाव पार्दैन।
चीनले तल्लो क्षेत्रमा रहेका देशहरूसँग बाढीको हाइड्रोलोजिकल रिपोर्ट, बाढी नियन्त्रण र प्रकोप न्युनीकरणमा सहयोग गरेको र उक्त जलविद्युत परियोजनाबारे सम्बन्धित देशहरूसँग पनि आवश्यक संवाद गरेको थियो। बेसिनका मानिसहरूलाई फाइदा पुर्याउन चीनले तल्लो क्षेत्रमा रहेका देशहरूसँग निरन्तर रूपमा सहयोगलाई सुदृढ पार्नेछ।
CGTN
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button