स्वीडेनमा चीन र अमेरिकाबीच नयाँ आर्थिक र व्यापार वार्ता हुने

चीन र अमेरिकाको सहमतिअनुसार चीनका उपप्रधानमन्त्री ह लिफेङ जुलाई २७ तारिखदेखि ३० सम्म स्वीडेन गएर अमेरिकासँग आर्थिक र व्यापारिक वार्ता गर्नुहुनेछ। जुन ५ तारिख दुई देशका राष्ट्रनायकबीच भएको महत्वपूर्ण सहमतिअनुसार चीन र अमेरिकाले आर्थिक तथा व्यापार परामर्श संयन्त्रको भूमिका खेलेर पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा जित सहकार्यका सिद्धान्तअनुरूप पारस्परिक चासोका आर्थिक तथा व्यापारिक विषयबारे परामर्श गर्नेछन्।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले जुलाई २३ तारिख पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
CGTN





