शाङहाइ सहयोग संगठनका देशहरूबीच सभ्यतासम्बन्धी संवाद सुरु

जुलाई २३ तारिखदेखि शाङहाइ सहयोग संगठनका देशहरूबीच सभ्यतासम्बन्धी संवाद २०२५ थ्यानचिनमा सुरु भएको छ। यो संवाद चिनियाँ राज्य परिषदको सूचना कार्यालय, चिनियाँ विदेशी भाषा ब्युरो र शाङहाइ सहयोग संगठन(एससीओ)को सचिवालयद्वारा संयुक्त रूपमा आयोजित भएको हो।
“विश्वव्यापी सभ्यता पहललाई बढाउनुका साथै एससीओको राम्रो साझा घरको निर्माण गर्ने” भन्ने नारामा एससीओ मुलुकका ३०० भन्दा बढी अतिथिहरू कार्यक्रममा सहभागी भएका छन्। उनीहरूले मञ्च, आदानप्रदान र छलफल, चिनियाँ अमूर्त सांस्कृतिक सम्पदाको अनुभव, क्यालिग्राफी प्रदर्शनी आदिको माध्यमबाट अझ घनिष्ट एससीओ भाग्य समुदायको निर्माणलाई बढाउनेछन्।
सोही दिन ‘साझा डिजिटल सभ्यता समुदायः चीनको पहल र एससीओको भविष्य’ शीर्षकको प्रतिवेदन पनि सार्वजनिक गरिएको छ।
CGTN
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button