रास्वपाकी सोबिताले किन लुकाइन् पतिको नाम,किन ढाँटिन् शैक्षिक योग्यता ?

‘जान्नेलाई छान्ने’ पार्टीबाट काठमाण्डौ-२ छाडी चितवन झरेर प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी सोविता गौतमले निर्वाचन आयोगमा झुठ्ठो विवरण पेश गरेको खुलेको छ । आफूले अध्ययन नै नगरेको शैक्षिक योग्यता उल्लेख गरेर आयोगलाई झुक्याइएको तथ्य फेला परेको छ ।

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन क्षेत्र नम्बर ३ बाट सोविता गौतमलाई उठाएको छ । उनी २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् ।

चितवनको भरतपुर महानगरपालिकाका वासिन्दासङ्ग पोहोर बिहे गरेकी उनी पेशाले कानुन व्यवसायी हुन् । दोस्रोपटक चुनावी मैदानमा उत्रिएकी उनले आफूले पुरा गर्दै नगरेको शैक्षिक योग्यता राखेर उम्मेदवारी फाराम भरेको पाइएको छ । आयोगले हिजो निकालेको उम्मेदवारको वैयक्तिक विवरणमा केही कुरा ढाँटेको प्रष्ट देखिन्छ ।

‘उहाँ एलएलएममा अध्ययनरत हुनुहुन्छ । प्रायः कलेज नै आउनुहुन्न । ८० प्रतिशत हाजिर नभइकन परीक्षामा सहभागी हुन मिल्दैन । उहाँले पहिलो सेमेस्टरको परीक्षासम्म दिनुभएको छ । नतिजा आएपछि बल्ल थेसिस गर्नुपर्छ  । ग्याजुएशन भएपछि मात्र स्नातकोत्तर लेख्न पाइन्छ’,स्रोतले भन्यो ।

जसमा शैक्षिक योग्यता कानुनमा स्नातकोत्तर उल्लेख छ । जबकि,उनले स्नातकोत्तर उत्तीर्ण गरेकी छैनन् । उनले हालै एलएलएम पहिलो सेमेस्टरको परीक्षासम्म दिएकी छन् । प्रोफेसर डाक्टर युवराज सङ्ग्रौलाको काठमाडौं स्कूल अफ लमा अध्ययनरत उनी नियमित कलेज पनि नजाने स्रोत बताउँछ ।

‘उहाँ एलएलएममा अध्ययनरत हुनुहुन्छ । प्रायः कलेज नै आउनुहुन्न । ८० प्रतिशत हाजिर नभइकन परीक्षामा सहभागी हुन मिल्दैन । उहाँले पहिलो सेमेस्टरको परीक्षासम्म दिनुभएको छ । नतिजा आएपछि बल्ल थेसिस गर्नुपर्छ  । ग्याजुएशन भएपछि मात्र स्नातकोत्तर लेख्न पाइन्छ’,स्रोतले भन्यो ।

दुई वर्षअघि व्यवसायी गृहेन्द्र घिमिरेसँग सुटुक्क वैवाहिक बन्धनमा बाँधिएकी सोबिताले पति–पत्नीको नाम लेख्ने ठाउँ पनि खाली राखेकी छिन् । 
श्रीमानको नाम किन लेखिनन् ?

अर्कोतिर,उनले स्नातकोत्तर उत्तीर्ण गरेको शैक्षिक संस्थाको नाम पनि खुलाएकी छैनन् । जसले उनको विवरणमा गडबडी छ भन्ने सजिलै बुझ्न सकिन्छ । दुई वर्षअघि व्यवसायी गृहेन्द्र घिमिरेसँग सुटुक्क वैवाहिक बन्धनमा बाँधिएकी सोबिताले पति–पत्नीको नाम लेख्ने ठाउँ पनि खाली राखेकी छिन् ।
श्रीमानको नाम किन लेखिनन् ? प्रश्न खडा भएको छ । यस विषयमा बुझ्नका लागि सोबितालाई फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button