त्रिपक्षीय वार्ताको अर्को चरण: फेब्रुअरी १ मा बैठक हुन सक्ने

कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आगामी फेब्रुअरी १ मा युक्रेन, संयुक्त राज्य अमेरिका र रुस बीच त्रिपक्षीय वार्ता हुन सक्ने विषयमा जानकारी दिए।

आफ्नो साँझको सम्बोधनमा जेलेन्स्कीले भने, “हामीले यो भनेर छलफल गरेका थियौं कि टोलीहरू आइतबार फेरि भेट्नेछन्। यदि हामी यो बैठकलाई छाेट्याउन सक्यौं भने राम्रो हुने थियो।”

उनले यस बैठकमा छलफल गर्नुपर्ने र सहमति हुनुपर्ने सबै विषयहरूमा युक्रेन पूर्ण रूपमा तयार रहने बताउँदै देशको शान्तिको प्रतिवद्धतालाई जोड दिए।

युक्रेन सङ्कट सुरु भएदेखि जनवरी २३ र २४ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा युक्रेन, संयुक्त राज्य अमेरिका र रुसका प्रतिनिधिहरूबीच पहिलो त्रिपक्षीय बैठक सम्पन्न भएको थियाे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button