विज्ञान-प्रविधिमा आत्मनिर्भरता बढाउन तिङ्को आह्वान

बेइजिङ । चीनको केन्द्रीय विज्ञान प्रविधि आयोगका निर्देशक तिङ् श्वेशिआङले विज्ञान र प्रविधिमा थप आत्मनिर्भरता र सशक्तिकरण प्रवर्धन गरी स्थिर र दीर्घकालीन वैज्ञानिक प्राविधिक प्रगति हासिल गर्ने आवश्यकतामा जोड दिएका छन्।

चीनको कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तिङ्ले सोमबार आयोजित राष्ट्रिय विज्ञान प्रविधि सम्मेलनमा बोल्दै यसो भनेका हुन्। उनले १४औं पञ्चवर्षीय योजना अवधि (२०२१-२०२५) मा चीनको वैज्ञानिक-प्राविधिक विकासले उल्लेख्य उपलब्धि हासिल गरेको र विज्ञान प्रविधि नवप्रवर्तनले उच्च गुणस्तरीय विकासलाई सर्वांगीण रूपमा सशक्त पारेको र चीनकाे आधुनिकीकरण अभियानमा यसले रणनीतिक समर्थनको भूमिका निभाएको बताए।

तिङले आधारभूत अनुसन्धानलाई बलियो बनाउने र चीनको आत्मनिर्भर क्षमता बढाउने आवश्यकता रेखाङ्कित गर्दै वैज्ञानिक अनुसन्धानका लागि आधारभूत अवस्थाको ग्यारेन्टी दिनुपर्ने बताए। उनले देशको रणनीतिक विज्ञान प्रविधि क्षमतालाई प्रभावकारी ढंगले उपयोग गर्न, अन्तर्राष्ट्रिय वैज्ञानिक-प्राविधिक सहयोगलाई गहिराउने र राष्ट्रिय नवप्रवर्तन प्रणालीको समग्र प्रभावकारिता सुधार्न आह्वान गरे।

यसका साथै तिङले विज्ञान प्रविधि नवप्रवर्तन र औद्योगिक नवप्रवर्तनको गहिरो एकीकरण, नवप्रवर्तनमा उद्यमहरूको अग्रणी भूमिका कायम गर्ने, वैज्ञानिक-प्राविधिक वित्तीय प्रणाली स्थापनामा गति दिने र नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको विकास मार्गदर्शन सुधार्न पनि जोड दिए।

उनले विज्ञान र इन्जिनियरिङ मानवशक्तिको भण्डार विस्तार गर्न र अन्तर्राष्ट्रिय विज्ञान प्रविधि नवप्रवर्तन केन्द्रहरूको निर्माण अगाडि बढाउनु पनि महत्त्वपूर्ण रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button