सेवा उपभोगमा नयाँ विकासको बाटो: चीनको उच्च गुणस्तरीय विकासतर्फ नयाँ योजना

बेइजिङ । चीनले सेवा उपभोगमा नयाँ विकासको उत्प्रेरक बढाउने उद्देश्यले एक कार्ययोजना सार्वजनिक गरेको छ, जसलाई देशको उच्च गुणस्तरीय विकासलाई सुदृढ बनाउने व्यापक पहलको हिस्सा मानिएको छ।
चिनियाँ राज्य परिषद्का सामान्य कार्यालयद्वारा प्रकाशित यो योजना सेवाको आपूर्ति सुधार्ने, उपभोग गुणस्तर वृद्धि गर्ने, र जनतालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले तयार गरिएको हो।
योजनामा यातायात सेवा, घरेलु सेवा, अनलाइन अडियोभिजुअल सेवा, पर्यटन सेवा, अटोमोबाइल परिमार्जन सेवा र विदेशी उपभोग जस्ता मुख्य क्षेत्रहरूमा सेवाको आपूर्ति सुधार, पाइलट कार्यक्रमहरू अघि बढाउने, नवप्रवर्तनात्मक उपभोग वातावरण सिर्जना गर्ने र प्रतिभा विकासलाई बलियो बनाउने कदमहरू लिन सुझाइएको छ।
साथै, प्रदर्शन सेवा, खेलकुद कार्यक्रम सेवा, र अनुभव–आधारित सेवाहरू जस्ता सम्भावित क्षेत्रहरूमा नयाँ गति थप्न प्रोत्साहन प्रणाली परिमार्जन गर्ने, सुरक्षा व्यवस्थापन सुधार्ने, उच्च गुणस्तरीय ब्रान्डलाई प्रवर्धन गर्ने र सहयोगी प्लेटफर्म निर्माण गर्ने उपायहरू लागू गरिने योजना समावेश छ।
कार्ययोजनाले नीति समर्थनलाई बलियो बनाउन पनि जोड दिएको छ। यसमा मापदण्ड प्रणाली सुधार्ने, क्रेडिट प्रणाली विकास गर्ने, तथा वित्तीय र राजकोषीय सहयोग बढाउने माध्यमबाट सेवा उपभोगमा नयाँ विकासका बिन्दुहरू सिर्जना गर्ने उपायहरू राखिएको छ।
स्थानीय सरकार र सम्बन्धित विभागहरूलाई नीति निर्माणमा सक्रिय भूमिका खेल्न, समर्थन उपायहरूमा नवप्रवर्तन ल्याउन, सेवा उपभोगको वातावरण सुधार्न र स्थानिय अवस्था अनुसार लक्षित नीतिहरू तयार गर्न आग्रह गरिएको छ।
यस योजनाले चीनले सेवा क्षेत्रमा उच्च गुणस्तरीय विकास सुनिश्चित गर्दै आर्थिक वृद्धि र उपभोग प्रवर्धनमा नयाँ मार्ग खोल्न खोजिरहेको संकेत दिन्छ।





