लिङ्देनको चेतावनी: रास्वपा जित्यो भने देश संकटमा जान्छ

काठमाडौं / पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जिते देश ठूलो राजनीतिक र प्रशासनिक संकटमा फस्ने चेतवनी दिएका छन्। उनले गणतन्त्र मान्नेमा प्रचण्ड नेतृत्वको नेकपामा भोट हाल्न पनि आह्वान गरेका छन्।
लिङ्देनले सार्वजनिक सभामा राखेको बुझाइ अनुसार, यस गणतन्त्रको पीता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हुन्, त्यसैले दायाँवायाँ मत खसालेर भोट खेर नफाल्न उनले जनतालाई सुझाव दिए। उनको तर्क छ – यदि राजतन्त्र फर्काउने लक्ष्य राखिएको छ भने राप्रपामा, र गणतन्त्र कायम राख्न चाहनुहुन्छ भने नेकपा (एमाले) लाई भोट हाल्नुपर्छ।
उनले रास्वपालाई स्पष्ट रूपमा “अस्थिरताको राजनीतिक शक्ति” भनेर चित्रण गर्दै यसले जित हासिल गरेमा देश संवैधानिक र प्रशासनिक गतिरोधमा फस्ने बताए। उनको यो टिप्पणी हालै बढिरहेकाे राजतन्त्र पुनःस्थापनाको राजनीतिक माग र रास्वपाको उदयलाई लक्षित गरेको देखिन्छ।
लिङ्देनको यस बक्तव्यले चुनावी राजनीतिमा गणतन्त्र र राजतन्त्रको बहसलाई फेरि केन्द्रमा ल्याएको छ। उनले मतदातालाई दुई स्पष्ट विकल्प गणतन्त्रका लागि नेकपा वा राजतन्त्रका लागि राप्रपा बीच निर्णय गर्न आग्रह गरेका छन्, र यसबीच रास्वपालाई “जोखिम” को रूपमा प्रस्तुत गरेका छन्।





