रवि लामिछानेको माैनता अघोषित ‘राजनीतिक नजरबन्द’ काे संकेत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आगो ताप्ने, क्रस फायर बाइक चढ्ने भिडियो सामाजिक सञ्जालमा खूब छाएका छन्। तर यही बेला, नेकपा एमालेका सभापति रवि लामिछानेको स्वास्थ्य र सुरक्षा सम्बन्धी अवस्थाको विवरण खुलस्त रूपमा सार्वजनिक नभएकोले राजनीतिक क्षेत्रमा चासो र चिन्ता बढेको छ।

लामिछानेको परिवारभन्दा बाहिरका एक जना श्रोतले उनको खुट्टामा चोट लागेको बताएका छन्। तर उनी कहाँ र कसरी लडे, चोट कसरी लाग्यो, उनको हाल स्वास्थ्य कस्तो छ भन्ने विषयमा आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरिएको छैन। यसबीच, लामिछाने दुई हप्ता देखि सार्वजनिक रूपमा देखापरेका छैनन् र कुनै पनि कार्यक्रममा सहभागी भएको खबर छैन।

यो मौनव्रत उनको स्वभाव विपरीत देखिन्छ। शहीद दिवस जस्ता महत्वपूर्ण अवसरमा पनि मौन बस्ने व्यक्ति लामिछाने होइनन्। पत्रकार दुर्घटनामा परी मृत्यु हुँदा पनि उनी टिप्पणी गर्न बझाएका थिएनन्। यसले गर्दा राजनीतिक विश्लेषकहरू बीच यो शंका पनि उठिरहेको छ कि उनलाई अघोषित रूपमा ‘राजनीतिक नजरबन्द’मा राखिएको त होइन, पत्रकार दिल निशानी मगरले लेखेका छन्।

चुनावी मोडमा गइसकेको अवस्थामा एउटा प्रमुख राजनीतिक दलको सभापति यसरी एकाएक निष्क्रिय र सार्वजनिक दृश्यबाट गायब हुनु असाधारण र चिन्ताजनक मानिन्छ। यस विषयमा एमाले प्रवक्ता तथा नेतृत्वबाट स्पष्टीकरणको माग गर्दै सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button