तत्काल चिनियाँ व्यवसायीमाथि बिनाशर्त छानबीन बन्द गर्न चीनद्वारा अमेरिकालाई ताकिता

फेब्रअरी २ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

उहाँका अनुसार, हालै अमेरिकी कानुनी कार्यान्वयन विभागले धेरैपटक चिनियाँ व्यवसायका व्यक्तिहरूलाई लामो समयसम्म बिनाशर्त छानबीन गरेको, पक्राउ गरेको र स्वदेश फिर्ता गरेको छ। अमेरिकाको त्यस खराब कारवाईले गम्भीर रूपमा चिनियाँ नागरिकको उचित र वैधानिक हक-अधिकारको उल्लङ्घन गरेको मात्र नभई दुवै देशको सामान्य वाणिज्य आदानप्रदान, सहकार्य र सांस्कृतिक आवतजावतको वातावरणलाई आघात पुर्याएको छ। त्यसैगरी चीनले त्यसप्रति कडा असन्तुष्टि व्यक्त गर्नुका साथै त्यसको दृढताका साथ विरोध गरेको छ।

चीनको ख्याल-विचारको गम्भीर र निष्ठापूर्वक व्यवहार गर्न चीनले अमेरिकालाई ताकिता गरेको भन्दै प्रवक्ता लिन च्यानले तत्काल गलत कारवाई बन्द गरी दुवै देशका राष्ट्रनायकको महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतारेर दुवै देशका जनताको सामान्य र मैत्रीपूर्ण आदानप्रदानलाई सुनिश्चित पार्न चीनले अमेरिकालाई आग्रह गरेको कुरामा पनि जोड दिनुभएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button