राष्ट्रसेवाको पाठशाला: राष्ट्रिय सेवा दलको तालिमले एकता र सुरक्षामा नयाँ पुस्ताको योगदान

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाद्वारा विद्यार्थीहरूका लागि सञ्चालन हुँदै आएको राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता, अखण्डता र सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्।

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको मध्य तालिम शिक्षालयमा आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अनुशासन, सेवा भाव र राष्ट्रप्रेमको विकासमा यस्तो तालिम अपरिहार्य रहेको उल्लेख गरिन्। देशको सुरक्षा केवल हातहतियारमा मात्र नभई जिम्मेवार, अनुशासित र सचेत नागरिकमा पनि निर्भर रहने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीका अनुसार राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीहरूलाई विपद व्यवस्थापन, आपतकालीन सहयोग, शारीरिक सुगठन र सामूहिक उत्तरदायित्वको भावना विकास गराउँछ। प्राकृतिक विपद होस वा राष्ट्रिय सुरक्षाका चुनौती, यस्ता तालिमबाट दिक्षित युवाहरूको भूमिका अत्यन्तै अहम रहने उनले स्पष्ट पारिन।

कार्यक्रममा देशभरका १८ वटा विद्यालयबाट सहभागी ५३० विद्यार्थीले १०० दिनको तालिम पूरा गरी दिक्षान्त समारोहमा सहभागिता जनाएका थिए। नेपाली सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम अन्तर्गत विद्यार्थीहरूलाई राष्ट्रप्रेम, संकटको घडीमा एकजुट भएर काम गर्ने सीप, अनुशासन र नेतृत्व विकास सम्बन्धी अभ्यास गराइँदै आएको छ।

प्रधानमन्त्रीले हात्तिखोरस्थित सैनिक ब्यारेकमा विद्यार्थीहरूले प्रस्तुत गरेको कवज, परेड तथा खेलकुद प्रदर्शनको अवलोकन पनि गरिन। सो अवसरमा तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र सम्बन्धित सैनिक प्रशिक्षकहरूलाई शिल्ड, दर्ज्यानी चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रधानमन्त्री कार्की हेलिकप्टर मार्फत तालिम केन्द्रमा पुगेर कार्यक्रम सम्पन्न गरेपछि काठमाडौं फर्किएकी छन्। उक्त समारोहले राष्ट्रसेवामा समर्पित, अनुशासित र जिम्मेवार नयाँ पुस्ता निर्माणतर्फको प्रयासलाई थप ऊर्जा दिएको सन्देश दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button