चुनावको मुखमा मेला-अर्थ के होला ?

काठमाडौंस्थित अमेरिकी दूतावासले राजधानी काठमाडौं,चितवन र नेपालगञ्जमा क्रियटर मेला २०२६ सम्पन्न भएको जनाएको छ । दूतावासले मेलालाई सिर्जनात्मक ऊर्जा र नवप्रवर्तनको उत्सव भन्ने दावी पनि गरेको छ ।
तर,भदौको जेन जी प्रदर्शन र विध्वंशपछि फागुन २१ गते चुनावको मुखैमा आयोजित ती कार्यक्रमले केही विश्लेषक र राजनीतिक समीक्षकबीच प्रश्न उठाएको छ । उनीहरुले ‘सिर्जनात्मक उत्सव कि सामाजिक सन्देश प्रवाह गर्ने माध्यम ?’ भन्ने जिज्ञासा राखेका छन् ।
२०७९ को आमनिर्वाचन पहिले पनि अमेरिकी युथ काउन्सिलको व्यानरमा आयोजित विशेष कार्यक्रममा बालेन्द्र साह,कुलमान घिसिङले तत्कालीन निर्वाचन आयुक्त ईश्वरी पौडेललाई साक्षी राखेर प्रमाणपत्र ग्रहण गरेका थिए ।
भदौ २४ पछि देखिएको मुलुकको राजनीतिक अस्थिरता,बेलगाम सामाजिक सञ्जालमा देखिएको तुच्छ भाषा प्रयोग र गलत प्रवृत्तिलाई अन्तैबाट मलजल गरिएको ठान्ने तह र तप्का ठूलै छ । युवा असन्तुष्टिलाई पश्चिमाहरुले सामाजिक सञ्जालको बुटीका रूपमा पिलाएको भन्नेहरुसमेत देखिन्छन् । भदौको विध्वंशपछि हुन लागेको चुनावको समयमा आयोजित यस्ता कार्यक्रमले संशय पैदा गर्नु अचम्म पनि भएन ।
युवालाई लक्षित गरिएकाले मेला कला र नवप्रवर्तनका नाममा नेपाली समाजको शताब्दीदेखि विद्यमान विशेषतायुक्त दृष्टिकोणमा विभाजन ल्याउने र राजनीतिक तथा सामाजिक चेतनामा असर पुर्याउने माध्यम त बन्ने होइन भन्ने आशंकासमेत गरिएको छ । यसअघि २०७९ को आमनिर्वाचन पहिले पनि अमेरिकी युथ काउन्सिलको व्यानरमुनि आयोजित विशेष कार्यक्रममा बालेन्द्र साह र कुलमान घिसिङले तत्कालीन निर्वाचन आयुक्त ईश्वरी पौडेललाई साक्षी राखेर प्रमाणपत्र ग्रहण गरेका थिए । अहिले तिनै पात्र भदौको जेन जी प्रदर्शन र विध्वंशपछि चर्चाको केन्द्रमा छन् ।
Jana Aastha





