हाम्रो प्रतिबद्धता !

विशेष सम्पादकीय

हाम्रो प्रतिबद्धता !

नेपालको सूचना विभागमा विधिवत दर्ता भएको यस `ड्रागन मिडिया` अनलाइनले गत माघ १७ गते `नेपालमा चीनविरुद्धको गतिविधि केवल राजनीतिक असहमति होइन; यो नेपालकाे राज्य नीति हो` शीर्षकमा फु यू हाई काे नामबाट प्राप्त निजी विचार प्रकाशित गरेको थियो। उक्त लेखले नेपालकाे परराष्ट्रनीतिका विषयमा गम्भीरतापूर्वक प्रश्नहरु जन्माएको थियो। लेखमा उल्लेखित विषय र सन्दर्भ वास्तविकतामा आधारित भए पनि प्रस्तुति निकै आक्रामक थियो। जसका कारणबाट आवश्यकता भन्दा बढी चर्चा पाउन थालेको र ९९% कमेण्ट सकारात्मक रहेको थियो। देश चुनावको संघारमा रहेको र तरल राजनीतिक अवस्थामा प्रकाशित विचाराेत्तेजक लेखले वातावरण बिथोल्न सक्ने भएकोले उत्पन्न परिस्थितिकाे मुल्यांकन गर्दै त्यसलाई हटाइसकिएकाे छ।

यो मिडियाले आफ्नो स्थापनाकालदेखि हालसम्म सदैब पनि पत्रकारिताकाे आचारसंहिता, नेपालकाे संविधान कानुन नियमकाे समर्थन गरिरहेको छ। नेपाल सरकारकाे नीति निर्देशनकाे पालना गर्न, देशको सार्वभौमसत्ता अखण्डतामा आँच आउने कुनै पनि कार्य नगर्न आफ्नो स्थापनाकालदेखि नै प्रतिबद्ध छ। अहिलेकाे गम्भीर परिस्थितिलाई सहीरुपमा अाँकलन गर्न नसकिएको प्रति हामी दुखी छाैं र भविष्यमा अझ जिम्मेवार रहने प्रतिबद्धता ब्यक्त गर्दछौं साथै यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छाैं।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button