कोस्टारिकाको नयाँ नेतृत्वलाई सी चिनफिङको बधाई, चीन–कोस्टारिका सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले कोस्टारिकाकी नवनिर्वाचित राष्ट्रपति लौरा फर्नान्डेजलाई निर्वाचनमा विजयी भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

बिहीबार पठाइएको बधाई सन्देशमा राष्ट्रपति सीले चीन र कोस्टारिकाबीच १८ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्धले तीव्र प्रगति हासिल गरेको उल्लेख गरेका छन्। उनले विभिन्न क्षेत्रमा भएका आदान–प्रदान र सहकार्यबाट उल्लेखनीय उपलब्धि प्राप्त हुँदै दुवै देशका जनताले प्रत्यक्ष लाभ लिइरहेको बताए।

सी चिनफिङले चीन–कोस्टारिका सम्बन्धको विकास दुवै राष्ट्र र जनताको आधारभूत हितसँग मेल खाने मात्र नभई समयको प्रवृत्ति र जनताको साझा आकांक्षालाई समेत प्रतिबिम्बित गर्ने तथ्यले स्पष्ट रूपमा प्रमाणित गरेको बताए।

राष्ट्रपति सी ले चीन–कोस्टारिका सम्बन्धलाई आफूले विशेष महत्व दिएको उल्लेख गर्दै राष्ट्रपति फर्नान्डेजसँग मिलेर रणनीतिक संवाद सुदृढ गर्ने, राजनीतिक आपसी विश्वास गहिरो बनाउने र विभिन्न क्षेत्रमा सहकार्यलाई सक्रिय रूपमा अघि बढाउने इच्छा व्यक्त गरे।

एक–चीन सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्धलाई स्थिर र दिगो रूपमा अघि बढाउँदै दुवै देशका जनताका लागि थप लाभ सिर्जना गर्ने दिशामा सहकार्य गर्न आफू तत्पर रहेको सन्देश राष्ट्रपति सी ले दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button