पुनःप्रयोगयोग्य अन्तरिक्षयान परीक्षणमा चीनको अर्को ऐतिहासिक सफलता

बेइजिङ। चीनले उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट शनिबार ‘लङ मार्च–२एफ’ वाहक रकेट मार्फत पुनःप्रयोगयोग्य प्रायोगिक अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ।

उक्त प्रायोगिक अन्तरिक्षयानले पुनःप्रयोगयोग्य अन्तरिक्ष प्रविधि सम्बन्धी विभिन्न प्रविधिगत परीक्षण तथा प्रमाणीकरण गर्नेछ। यसमार्फत भविष्यमा प्रयोग गर्न सकिने पुनःप्रयोगयोग्य अन्तरिक्षयान विकासका लागि आवश्यक प्राविधिक आधार सुदृढ हुने विश्वास गरिएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार यो अभियानले अन्तरिक्ष प्रविधिको शान्तिपूर्ण प्रयोगलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यस सफल प्रक्षेपणसँगै चीनले अन्तरिक्ष अनुसन्धान र प्रविधि विकासमा आफ्नो क्षमता अझ मजबुत बनाउँदै विश्व अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि थपेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button