पाकिस्तानमा घातक विस्फोट, चीनले व्यक्त गर्याे दुःख र कडा भर्त्सना

इस्लामाबाद — पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीय समय अनुसार फेब्रुअरी ६ को दिउँसो घातक विस्फोट भएकोमा चीनले गहिरो दुःख र आघात व्यक्त गरेको छ। विस्फोटमा धेरै जना हताहत भएका छन्।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले आज एक बयान जारी गर्दै विस्फोटमा परी मृत्यु भएकाहरूप्रति शोक व्यक्त गरेका छन् र घाइते तथा शोकसंतप्त परिवारहरूप्रति समवेदना पुर्याएका छन्।
प्रवक्ताले यस आतंकी हमलालाई कडा भर्त्सना गर्दै चीन कुनै पनि प्रकारको आतंकवाद विरुद्ध रहेको र पाकिस्तानी सरकारलाई राष्ट्रिय सुरक्षा र स्थिरता कायम राख्न तथा जनताको सुरक्षा सुनिश्चित गर्न दृढतापूर्वक समर्थन गर्ने बताए।





