धनगढीमा युवा झडप : बढ्दो तनावबीच १२ जना पक्राउ, सेना परिचालन

धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई युवा समूहबीच भएको विवाद हिंसात्मक बनेको छ। झडपपछि स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, झडपमा केही व्यक्तिहरू घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको जनाएको छ।

झडप नियन्त्रण गर्ने क्रममा केही प्रहरी कर्मचारीसमेत घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको जानकारी दिइएको छ। युवाहरूबीच कुन विषयलाई लिएर विवाद भएको हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।

धनगढीको यस क्षेत्रमा केही समययता सानातिना झडप हुँदै आएकामा मंगलबारको घटनाले भने गम्भीर रूप लिएको स्थानीय बासिन्दाले बताएका छन्। घटनापछि क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button