काठमाडौँमा आगजनीको आतंक

प्रसाईँ समूहको पर्चा भेटियो, निर्वाचन बिथोल्ने षड्यन्त्रको आशंका

काठमाडौँ – काठमाडौँको महाराजगन्ज र नैकापमा मंगलबार राति दुईवटा सवारी साधनमा आगजनी गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको हो।

महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय रहेको समूहले यो आगजनी गरेको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ।

घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा समेत भेटिएको प्रहरी उपरीक्षक (एसपी) भट्टराईले बताएका छन्। उनका अनुसार पर्चा र घटनाबीचको सम्बन्धबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। आगजनीबाट दुवै सवारी साधन पूर्णरूपमा क्षतिग्रस्त भएको र यस घटनाले केही समयका लागि स्थानीयबासीमा त्रास फैलाएको थियो।

घटनास्थलमा थप अनुसन्धान र सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button