राष्ट्रिय सुरक्षा परिषदको बैठक बुधबार अपरान्ह, सुरक्षा समीक्षाको संकेत

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बुधबार दिउँसो ३ बजेका लागि आह्वान गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्न लागेको उक्त बैठकमा समसामयिक सुरक्षा चुनौती र संवेदनशीलताबारे छलफल हुने बुझिएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठकमा राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर विषयहरूमा समीक्षा र रणनीतिक निर्णय हुने सम्भावना छ। केही दिनयता मुलुकको सुरक्षा अवस्थालाई लिएर सरोकारवाला निकायबीच छलफल भइरहेको सन्दर्भमा परिषद्को यो बैठकले महत्त्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ।
राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सेनापति र गृह तथा रक्षा सचिवहरू रहने व्यवस्था छ।





