सैन्य शासनको आह्वान : राजाको सम्बोधनपछि निर्वाचनबाट निकास नहुने दाबी

हेटौंडा – एक स्वतन्त्र नेपाली नागरिकले राजा ज्ञानेन्द्र शाहको फागुन ६ गतेको सम्बोधनको आशय सेना र सुरक्षाकर्मीले बुझ्न अपरिहार्य रहेको बताउँदै मुलुकमा सैन्य शासन अपरिहार्य भएको दाबी गरेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ का राकेश कुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा फागुन २१ गतेको निर्वाचनपछि मुलुकमा अराजकता, अस्थिरता र रक्तपात हुने सम्भावना देखिएको उल्लेख छ। उनले प्रधानसेनापतिलाई कुशासनको अन्त्य गरी सुशासनका लागि तत्काल सैन्य शासन लागू गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “सेनाहरु र सुरक्षाकर्मीहरु हाम्रो साथी हो। हाम्रो देश डुब्न लाग्यो, सेना लौ न बचाई देऊ।” शर्माले राजा ज्ञानेन्द्र शाहलाई साथ र समर्थन गर्न पनि सेना र सुरक्षाकर्मीलाई आग्रह गरेका छन्। उनले राष्ट्रिय सहमति र सर्वपक्षीय समझदारीबिनाको निर्वाचनले द्वन्द्व र विभाजन बढाउने जोखिम औंल्याएका छन्।





