अमेरिकी ‘सैन्य आँखा’ हट्दै तर चीनको नजर अझै कडा: थाडको सरुवामा बेइजिङको कडा प्रतिक्रिया

बेइजिङ / अमेरिकाले दक्षिण कोरियामा जडान गरेको आफ्नो कुख्यात ‘थाड’ (THAAD) मिसाइल प्रणालीलाई मध्यपूर्वमा सारेपछि चीनले पुन: आफ्नो पुरानो अडान दोहोर्याएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता ग्वो जियाकुनले बुधबार पत्रकार सम्मेलनमा भने, ‘यो हाम्रो छिमेकमा तैनाथ गरिएको हतियार हो। यसको उपस्थिति जतिसुकै पर किन नसारियोस्, चीनको विरोधको आगो कहिल्यै सेलाउँदैन।’
प्रवक्ताले थप जोड दिँदै भने, ‘थाडको एउटा पार्ट पूm मध्यपूर्व पुगे पनि, यसले हाम्रो सार्वभौमिकता र सुरक्षाको लागि सिर्जना गरेको खतराको भावना भने त्यहीँ छ, दक्षिण कोरियाको माटोमा गढेको छ।’ चीनले यसलाई क्षेत्रीय स्थायित्वमाथिको ठूलो चुनौतीको रूपमा लिएको छ।
विश्लेषकहरूका अनुसार, अमेरिकाले आफ्नो सैन्य सम्पत्तिलाई विश्वभर जुनसुकै ठाउँमा सार्न सक्ने भए पनि, चीनको असुरक्षाको भावना भने उस्तै छ। यो सरुवाले दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य सहकार्यलाई भने झन् सशक्त बनाएको छ, जसलाई बेइजिङले आफ्नो सिमानामा ठूलो भू-रणनीतिक चालको रूपमा हेर्ने गरेको छ।
त्यसैले, थाडको एउटा भाग मध्यपूर्व उडे पनि, बेइजिङको विरोधको तीर भने अझै तीखो बनेको छ।





