आणविक ऊर्जाको भविष्य: पेरिस सम्मेलनमा चीनको सशक्त उपस्थिति र वैश्विक दृष्टिकोण

काठमाडौं / स्थानीय समय अनुसार मार्च १० तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत तथा चिनियाँ उपप्रधानमन्त्री चाङ कोछिङले पेरिसमा आयोजित दोस्रो आणविक ऊर्जा शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। उहाँले चीनले राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत आणविक सुरक्षा अवधारणालाई आत्मसाथ गर्दै व्यावहारिक कार्यद्वारा विश्व आणविक ऊर्जाको विकासमा योगदान पुर्याइरहेको बताउनुभयो।
उपप्रधानमन्त्री चाङ कोछिङले चीन अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा विश्व विकास, सुरक्षा, सभ्यता र शासन प्रस्तावहरूलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वच्छ, सुन्दर र दिगो संसारको निर्माणमा जोड दिनुभयो। उहाँले मानव भाग्य समुदायको अवधारणालाई साकार पार्न चीनले नयाँ योगदान दिने विश्वास व्यक्त गर्नुभयो। यस सम्बोधनले विश्व आणविक ऊर्जा सहकार्यमा चीनको सक्रिय भूमिकालाई उजागर गरेको छ।





