दुबईको आकाशबाट झरे ज्वालामुखी: विमानस्थल नजिक ड्रोन दुर्घटनामा चार जना घाइते

दुबई / संसारकै सबैभन्दा व्यस्त विमानस्थल मध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो त्रासदीपूर्ण घटना भएको छ। आकाशमा उडिरहेका दुई वटा ड्रोन एक्कासि विमानस्थल वरपर खसेपछि त्यहाँ केहीबेर अफराचक्कर मच्चिएको थियो। यस घटनामा चार जना विदेशी नागरिक घाइते भएको दुबई मिडिया अफिसले जनाएको छ।

दुबई मिडिया अफिसले बुधबार जारी गरेको विज्ञप्ति अनुसार, ड्रोन खस्दा दुई घानियाली नागरिक र एक बंगलादेशी नागरिकमा सामान्य चोटपटक लागेको छ भने एक भारतीय नागरिकको अवस्था भने मध्यम रहेको बताइएको छ। घाइते सबैलाई तत्काल उपचारको लागि अस्पताल पुर्याइएको छ।

यद्यपि यो घटनाले विमानस्थलको हवाई सेवामा भने कुनै असर परेको छैन। अधिकारीहरूका अनुसार हाल विमानस्थलमा हवाई यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ। ड्रोन खस्नुको कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। यस घटनाले दुबईमा ड्रोन सञ्चालनलाई लिएर सुरक्षा चुनौती थपिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button