पश्चिमी किनारमा इजरायली गोलीबारीबाट एकै परिवारका दुई बालबालिकासहित चार जना शहीद

काठमाडौं । पश्चिमी किनारको ताम्मुन सहरमा आइतबार बिहान इजरायली विशेष बलले एउटा गाडीमा गोली चलाउँदा दुई बालबालिकासहित चार जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीले यसको जानकारी दिएको हो।

रेड क्रेसेन्टले एक प्रेस विज्ञप्तिमा जनाएअनुसार उसको टोलीले गोली प्रहारबाट क्षतिग्रस्त गाडीभित्रबाट चार जनाको शव बरामद गरेको छ।

स्थानीय स्रोतहरूले मृत्यु हुनेहरू एउटै परिवारका सदस्य रहेको बताएका छन्। स्रोतहरूले थप जानकारी दिँदै भनेका छन्, इजरायली विशेष बलले सहरको एक इलाकामा दुई युवकलाई पछ्याइरहेको थियो र त्यसपछि त्यहाँबाट गुज्रिरहेको गाडीमाथि गोली प्रहार गरेको हो।

यस घटनाबारे इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

ताम्मुन सहर र नजिकैको तुबास सहरका अन्य क्षेत्रहरूमा इजरायली सेनाको लगभग दैनिक आक्रमण भइरहेको छ। इजरायलले प्रायः पश्चिमी किनारमा हुने यस्ता आक्रमणहरूलाई प्यालेस्टाइन सशस्त्र समूहसँग आबद्ध व्यक्तिहरू लक्षित ‘प्रतिआतंकवादी कारबाही’ भन्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button