बग्दादमा अमेरिकी दूतावासमा ड्रोन आक्रमण : सुरक्षा घेरा भेदियो, आगोको मुस्लो

बग्दाद, इराक। इराकको राजधानी बग्दादस्थित हरियो क्षेत्र (ग्रीन जोन) मा रहेको अमेरिकी दूतावास परिसर मंगलबार बिहान भएको आक्रमणमा परेको छ। विस्फोटक पदार्थ बोकेका ड्रोनहरू दूतावासको सुरक्षा घेराभित्र खसेपछि परिसरभित्र रहेका केही संरचनामा आगलागी भएको छ।

इराकको गृह मन्त्रालयका एक स्रोतले नाम नबताउने सर्तमा सरकारी समाचार संस्था सिन्ह्वालाई जानकारी दिएअनुसार दुईवटा बम बोकेका ड्रोन दूतावासको परिसरभित्र खसे र विस्फोट भयो। उक्त विस्फोटपछि दूतावास परिसरभित्र आगो सल्किएको थियो, जसको मुस्लो बाहिरबाटै देखिन्थ्यो।

आक्रमणको समयमा दूतावास परिसरभर सायरन बजाइएको थियो। तर, दूतावासको सुरक्षा प्रणाली आउँदै गरेका ड्रोनहरू रोक्न असफल भएको ती स्रोतले बताएका छन्।

आक्रमणमा परी हताहती भएको कुनै तत्काल जानकारी प्राप्त भएको छैन। तर, परिसरभित्र भएको आगलागीले भौतिक क्षति भएको संकेत गरेको छ।

अमेरिकी दूतावास सोमबार साँझदेखि नै आक्रमणको निशानामा थियो। मंगलबार बिहानसम्म धेरै पटक आक्रमण प्रयास भएको बताइएको छ।

बग्दादको मुटुमा रहेको हरियो क्षेत्र (ग्रीन जोन) अत्यन्त सुरक्षित मानिन्छ। यही क्षेत्रभित्र इराकी सरकारी भवन, संसद भवन र अमेरिकी दूतावास लगायत विदेशी नियोगहरू रहेका छन्। यद्यपि, पछिल्ला वर्षहरूमा यो क्षेत्र बारम्बार रकेट तथा मोर्टार आक्रमणको निसाना बन्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button