२२ बैशाख २०८३, मंगलवार

रुस छाडेकी पत्रकार गेसेनलाई पुलित्जर, मस्कोमा पक्राउ वारेन्ट

न्यूयोर्क । रुसमा पक्राउ वारेन्ट जारी भएकी पत्रकार माशा गेसेनले प्रतिष्ठित पुलित्जर पुरस्कार जितेकी छिन् । उनलाई द न्यूयोर्क टाइम्समा प्रकाशित निबन्ध संग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार आयोजकका अनुसार गेसेनलाई ‘अधिनायकवादी शासनको उदयबारे ऐतिहासिक तथ्य र व्यक्तिगत अनुभवमा आधारित गहन निबन्ध संग्रह’ का लागि सम्मानित गरिएको छ । उक्त संग्रहले दमन, पहिचान र निर्वासनजस्ता समसामयिक विषयको खोजी गरेको जनाइएको छ ।

गेसेनले रुसी पत्रिका ‘बोल्सोई गोरोद’, ‘स्नोब’ र ‘भोक्रुग स्वेता’ मा काम गरेकी थिइन् भने अमेरिकी सरकारद्वारा अनुदान प्राप्त ‘रेडियो स्वोबोदा’ को रुसी सेवाको निर्देशक पनि रहिन् । सन् २०१३ देखि अमेरिकामा बसोबास गरिरहेकी गेसेनलाई मस्कोको बास्मान्नी अदालतले सन् २०२३ को डिसेम्बरमा रुसी सेनाबारे झुटा सूचना फैलाएको अभियोगमा अनुपस्थितिमै पक्राउ गर्न आदेश दिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button