चीनले बालजन्म प्रोत्साहन नीति विस्तार गर्दै, सुलभ बालहेरचाह र बालस्वास्थ्य सेवामा जोड

ड्रागन मिडिया समाचार कक्ष
चीनले घट्दो जन्मदर र बढ्दो वृद्ध जनसंख्याबीच बालजन्मलाई प्रोत्साहन गर्न बालहेरचाह सेवा थप सुलभ र किफायती बनाउने, बालस्वास्थ्य सेवा विस्तार गर्ने तथा परिवारमाथिको पालनपोषण खर्च घटाउने नीति अघि बढाउने भएको छ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख लेई हाइछाओले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा किंडरगार्टेन र शिशु हेरचाह केन्द्रका सेवाबीच एकीकृत विकासलाई प्रोत्साहन गरिने बताए। समुदाय तथा रोजगारदाता संस्थालाई आफ्नै बालहेरचाह सुविधा स्थापना गर्न सहयोग गर्ने र परिवारले घर वा कार्यस्थल नजिकै अपेक्षाकृत कम लागतमा सेवा पाउन सक्ने वातावरण बनाइने उनले जानकारी दिए।
उनका अनुसार साना बालबालिकामा बालहेरचाह सेवाको पहुँच विस्तार गर्दै बच्चा जन्माउने, हुर्काउने र शिक्षा दिलाउने क्रममा परिवारले वहन गर्नुपर्ने आर्थिक बोझ घटाउने सरकारको लक्ष्य छ। यसैक्रममा आधारभूत तहका स्वास्थ्य संस्थामा बालरोग उपचार सेवाको पहुँच पनि बढाइनेछ।
यस वर्षको अन्त्यसम्म अघिल्लो वर्षको तुलनामा थप एक हजार सामुदायिक तथा आधारभूत स्वास्थ्य संस्थाले बालरोगसम्बन्धी सेवा दिन सक्ने अपेक्षा गरिएको छ। त्यतिबेलासम्म देशका ९५ प्रतिशतभन्दा बढी टाउनसिपस्तरीय क्लिनिक र सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा बालरोग उपचार क्षमता विकास गर्ने लक्ष्य रहेको लेईले बताए।
आधारभूत तहमा बालस्वास्थ्य सेवा सुदृढ गर्न उच्चस्तरीय अस्पतालबाट तीन हजारभन्दा बढी बालरोग विशेषज्ञलाई समुदायस्तरीय स्वास्थ्य संस्थामा पठाइएको छ। यसबाट बालबालिकाले आफ्नै बसोबास क्षेत्र नजिकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
चीनले गर्भधारणपूर्व तयारीदेखि गर्भावस्था, प्रसूति र बालपालनसम्म समेट्ने पूर्णचक्र मातृत्व सहयोग प्रणाली विकास गरिरहेको छ। यसअन्तर्गत मातृत्व भत्ता, बालहेरचाह अनुदान, स्वास्थ्य बिमा प्रतिपूर्ति र सुलभ शिशु हेरचाह सेवा समावेश गरिएको छ।
सन् २०२५ मा चीनले तीन वर्षमुनिका प्रत्येक बालबालिकाका लागि वार्षिक ३ हजार ६०० युआन करमुक्त बालहेरचाह अनुदान उपलब्ध गराउने राष्ट्रिय कार्यक्रम शुरु गरेको थियो। सोही वर्षको शरद ऋतुदेखि किंडरगार्टेनको अन्तिम वर्षका बालबालिकाका लागि हेरचाह तथा शिक्षा शुल्कसमेत हटाउन शुरु गरिएको थियो।
यस वर्ष अगस्टसम्म २ करोड ५० लाखभन्दा बढी शिशु तथा साना बालबालिकाले बालहेरचाह अनुदान प्राप्त गरिसकेका छन् भने करिब २ करोड ४० लाख किंडरगार्टेन विद्यार्थी शुल्क छुट नीतिबाट लाभान्वित भएका छन्।
हाल करिब २६ करोड मानिस मातृत्व बिमाको दायरामा रहेका छन्। धेरै क्षेत्रले लचिलो रोजगारीमा रहेका श्रमिकलाई पनि कर्मचारी स्वास्थ्य बिमासँगै मातृत्व बिमामा सहभागी हुन सक्ने व्यवस्था विस्तार गरिरहेका छन्।
यी कार्यक्रम चीनले निर्माण गर्न खोजिरहेको ‘बालजन्ममैत्री समाज’ नीतिको हिस्सा हुन्। चीनको १५औँ पञ्चवर्षीय योजनाले बालजन्म प्रोत्साहन, प्रसूति खर्च घटाउने, बालहेरचाह र शिक्षाको लागत कम गर्ने तथा परिवारलाई संस्थागत सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको छ।
योजनाको दीर्घकालीन उद्देश्य नवजात शिशुको संख्या स्थिर बनाउनु र जनसंख्याको सन्तुलित तथा दिगो विकासलाई समर्थन गर्नु रहेको छ।चीनले बालजन्म प्रोत्साहन नीति विस्तार गर्दै, सुलभ बालहेरचाह र बालस्वास्थ्य सेवामा जोड

योजनाको दीर्घकालीन उद्देश्य नवजात शिशुको संख्या स्थिर बनाउनु र जनसंख्याको सन्तुलित तथा दिगो विकासलाई समर्थन गर्नु रहेको छ।