३० भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढीपछि खोज तथा उद्धार प्रभावकारी भएन : आरेन राई

ड्रागन मिडिया सम्वाददाता

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले खोज, उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै राईले रसुवासहित बाढी प्रभावित जिल्लाहरूमा पर्याप्त जनशक्ति, विज्ञ तथा आवश्यक स्रोत परिचालन गर्न सरकार चुकेको आरोप लगाए। विशेष गरी रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारका लागि आवश्यक संख्यामा सुरक्षाकर्मी र प्राविधिक विज्ञ परिचालन नभएको उनको भनाइ थियो।

उनले चिलिमे जलविद्युत क्षेत्रमा पनि करिब ६ देखि ८ जना बेपत्ता रहेको जानकारी आफूलाई प्राप्त भएको बताए। प्रभावित क्षेत्रमा समयमै प्रभावकारी खोज तथा उद्धार हुन नसक्दा बचाउन सकिने नागरिकले समेत ज्यान गुमाउनुपरेको उनको आरोप छ।

राईले भने, “चिलिमे हाइड्रोपावरमा पनि लगभग ६ देखि ८ जना त्यहाँभित्र बेपत्ता छन् भनिएको छ। सरकारको कमजोरीका कारण धेरै बाँच्न सक्ने र बचाउन सकिने आम नागरिकको अकालमा ज्यान गएको छ।”

उनले बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्दै पर्याप्त सुरक्षाकर्मी, प्राविधिक विज्ञ र आवश्यक उपकरण तत्काल परिचालन गर्न सरकारसँग माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button