१४ कार्तिक २०८३, शुक्रबार

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीतिविपरीत : रास्वपा

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा समाचार कक्षमा प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।

उनले यस्तो कार्य संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत हुने बताए। समाचारका विषयमा सोधपुछ गर्ने नाममा पत्रकारलाई पक्राउ वा धरपकड गर्नेबारे पार्टी स्पष्ट रहेको उनको भनाइ छ। पछिल्ला घटनाको वास्तविकता बुझेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए।

शुक्रबार प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ। नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालय पुगेको र दियो पोस्टसहितका सञ्चारमाध्यममा पनि प्रहरी पुगेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button