पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय र कार्यालयको संलग्नता थिएन र यसबारे पूर्वजानकारी पनि थिएन। घटनाबारे थाहा पाएपछि प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई रिहा गर्न तथा समाचार कक्षमा कुनै पनि प्रकारको धरपकड नगर्न स्पष्ट निर्देशन दिएको दाहालले बताएकी छन्।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। नयाँ पत्रिका र दियोपोस्टका पत्रकारलाई खोज्न पनि प्रहरी सम्बन्धित कार्यालयमा पुगेको समाचार प्रकाशित भएको थियो।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रेसको समाचार कक्षबाट पक्राउ गरिएका सुवेदी रिहा भएको नेपाल प्रेसले जनाएको छ.




