पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको संलग्नता छैन : सचिवालय

ड्रागन मिडिया सम्वाददाता
विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार विकसित घटनाक्रमबारे प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई कुनै जानकारी नभएको बताइन्।
समाचारको स्रोत पत्ता लगाउने भन्दै सादा पोसाकका प्रहरी नेपाल प्रेसको कार्यालय पुगेका थिए। त्यहाँबाट पत्रकार विश्वमणि सुवेदीलाई ‘माथिको आदेश’ भन्दै पक्राउ गरिएको समाचारमा उल्लेख छ। नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न पनि प्रहरी कार्यालय पुगेको बताइएको छ।
डीएनए खबरका पत्रकार धीरज बस्नेत र मोटिभ अनलाइनका पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ। दियो पोस्टसहित अन्य सञ्चारमाध्यममा समेत प्रहरी पुगेको बताइएको छ।
पत्रकारमाथि धरपकड भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल र शिव गाउँलेलगायतले पनि घटनाको विरोध गरेका छन्।




