३० भाद्र २०८३, मंगलवार

रसुवा बाढी पीडितका लागि कोशी प्रदेश सरकारको सहयोग

ड्रागन मिडिया सम्वाददाता

कोशी प्रदेश सरकारले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले मन्त्री, उनीहरूका सचिवालयका कर्मचारी तथा प्रदेश सरकारका कर्मचारीको सात दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए। उक्त रकम रसुवा बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उपलब्ध गराइनेछ।

बैठकले प्रदेशमा उत्पादित वस्तुको निर्यातसम्बन्धी अध्ययन तथा सुझावका लागि गठित कार्यदलको समयावधि थप ६० दिन बढाउने निर्णय पनि गरेको छ। साथै प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक पत्राचार गर्ने निर्णय भएको मन्त्री शेर्पाले बताए।

मन्त्रिपरिषदले प्रशासनिक जिम्मेवारीसम्बन्धी केही निर्णयसमेत गरेको छ। प्रदेश सचिव दिवश आचार्यलाई प्रदेश लोकसेवा आयोगमा र आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खटाउने निर्णय भएको मन्त्री शेर्पाले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button