३० भाद्र २०८३, मंगलवार

मकवानपुरमा यात्रुवाहक माइक्रो बस दुर्घटना, चालकसहित चार जनाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको विद्युतीय माइक्रो बस हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा ज्यान गुमाउने चारै जना पुरुष रहेका छन्। गाडीमा चालकसहित आठ जना सवार थिए। दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन्।

घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अर्की एक महिलालाई हेटौँडा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button