३१ भाद्र २०८३, बुधबार

सर्वोच्च अदालतमा सामान्य आगलागी, महत्वपूर्ण कागजात सुरक्षित

ड्रागन मिडिया सम्वाददाता

सर्वोच्च अदालतमा बुधबार सामान्य आगलागी भएको छ। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मुद्दा फाँटको २० र २१ नम्बर कक्षमा विद्युत सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट केही कम्प्युटर तथा टेबल र कुर्सीका केही भाग जलेका छन्। प्रवक्ता कोइरालाले घटनाबाट ठूलो क्षति नभएको जानकारी दिएका छन्।

मुद्दा फाँटमा रहेका महत्वपूर्ण कागजात भने सुरक्षित रहेको सर्वोच्च अदालतले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button