३ आश्विन २०८३, शनिबार

सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट युवक घाइते, सुरक्षा व्यवस्था कडा

ड्रागन मिडिया सम्वाददाता

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन्। गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्। घटनापछि केहीबेर स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए भने सुरक्षा निकायले घटनास्थल आसपास सुरक्षा व्यवस्था कडा बनाएको छ।

देवानगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष सूर्यनारायण पालका अनुसार शनिबार साँझ अपरिचित व्यक्तिबाट गोली प्रहार भएको हो। सुनसरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले यादवको खुट्टामा गोली लागेको जानकारी दिएका छन्।

घाइते यादवलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। गोली प्रहार गर्ने व्यक्तिको पहिचान र घटनाको कारण खुल्न बाँकी छ। घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनावलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button