१९ कार्तिक २०८३, बुधबार

ओलीलाई भेट्न गुण्डु पुगे कांग्रेस सभापति थापा

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ। थापा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेका थिए।

ओली निवासमा दुई नेताबीच करिब एक घण्टा छलफल भएको जनाइएको छ। भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, शक्ति सन्तुलन र समसामयिक परिस्थितिबारे कुराकानी भएको बताइएको छ।

थापानिकट स्रोतका अनुसार छलफलमा विशेषगरी मधेश प्रदेश सरकारको राजनीतिक समीकरण र त्यहाँको पछिल्लो अवस्थाबारे चर्चा भएको थियो। मधेश प्रदेश सरकारमा फेरबदल र नयाँ राजनीतिक समीकरणको चर्चा भइरहेका बेला दुई प्रमुख दलका नेताबीच भएको भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button