१९ कार्तिक २०८३, बुधबार

बर्दियामा ब्राउन सुगरजस्तो पदार्थसहित ६ जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

बर्दियामा प्रहरीले सोमबार एकैदिन लागुऔषध ब्राउन सुगरजस्तो पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिकाका चार र बारबर्दिया नगरपालिकाका दुई जना छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार बढैयाताल गाउँपालिका–८ कण्ठपुरका २३ वर्षीय जस्टिम सिंहको साथबाट १ ग्राम ४० मिलिग्राम लागुऔषध, पाँच थान मोबाइल र रु. ५ हजार ६५० बरामद भएको छ।

बढैयाताल गाउँपालिका–५ जगतियाका २२ वर्षीय आशिष थारु र बाँसगढी नगरपालिका–५ हस्नापुरका २४ वर्षीय आकाश थारुको साथबाट ६६० मिलिग्राम खैरो हिरोइन र तीन थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

बढैयाताल गाउँपालिका–६ रानीपुरबाट बाँकेको खजुरा गाउँपालिका–३ बी गाउँका २७ वर्षीय मनबहादुर थापा र प्रवीण गुरुङ पक्राउ परेका छन्। उनीहरूको साथबाट ३९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बारबर्दिया नगरपालिका–७ सिउनियाका २९ वर्षीय दिलीप रावतको साथबाट ६० मिलिग्राम लागुऔषध र रु. २१ हजार २७५ बरामद भएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button