अमेरिकाले थाइवानलाई सैन्य सहायता र हतियार बिक्री गर्नेबारे चीनको प्रतिक्रिया

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले २२ तारिख अमेरिकाले चीनको थाइवान क्षेत्रलाई सैन्य सहायता र हतियार बिक्री गर्ने घोषणा गरेकोबारे पत्रकारलाई प्रतिक्रिया दिएका छन्। डिसेम्बर २१ तारिख अमेरिकी ह्वाइटहाउसले थाइवानलाई ५७ करोड १३ लाख अमेरिकी डलर बराबर सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको र अमेरिकी रक्षामन्त्रालयले थाइवानलाई २९ करोड ५० लाख अमेरिकी डलरको हतियार बिक्री गर्ने स्वीकृति दिएको पत्रकारले चीनले प्रतिक्रिया मागेका थिए।
प्रतिक्रियामा प्रवक्ताले भने, अमेरिकाले चीनको थाइवान क्षेत्रलाई फेरि एक पटक सैन्य सहायता र हतियार बिक्री गरेर एक चीन सिद्धान्त र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्ति, विशेष गरी “अगस्ट १७” को विज्ञप्तिको गम्भीर उल्लंघनका अलावा चीनको सार्वभौमसत्ता र सुरक्षा हितमा गम्भीर क्षति पुर्याउन खोजेको छ। थाइवान स्वतन्त्रतामा अमेरिकी नेताको “असमर्थित” नीतिको प्रतिबद्धतालाई गम्भीर रूपमा उल्लङ्घन गर्दै “थाइवान स्वतन्त्रता” पृथकतावादी शक्तिलाई गम्भीर रूपमा गलत संकेत पठाएको छ। चीन यसप्रति असन्तुष्ट छ र दृढताका साथ विरोध गर्छ। अमेरिकालाई जतिसक्दो चाँडो कडा प्रतिक्रिया जारी गर्दछ।





