१४ आश्विन २०८३, बुधबार

असोज ८ यताको बाढीपहिरोमा ३५ जनाको मृत्यु, दुई हजार ६९५ जनाको उद्धार

ड्रागन मिडिया सम्वाददाता

अविरल वर्षापछि असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपदमा ३५ जनाको मृत्यु भएको छ। मङ्गलबार रातिसम्म प्राप्त विवरणअनुसार १५ जना घाइते भएका छन् भने दुई हजार ६९५ जनाको उद्धार गरिएको छ। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

प्रदेशगत रूपमा गण्डकीमा सबैभन्दा बढी २३ जनाको मृत्यु भएको छ। लुम्बिनीमा छ, बागमतीमा तीन, कर्णालीमा दुई र मधेसमा एक जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशका बागलुङमा १२, म्याग्दीमा सात र मनाङमा चार जनाले ज्यान गुमाएका छन्।

लुम्बिनी प्रदेशका पाल्पामा पाँच र रोल्पामा एक जनाको मृत्यु भएको छ। बागमतीका मकवानपुर, धादिङ र काभ्रेपलाञ्चोकमा एक–एक जनाले ज्यान गुमाएका छन्। कर्णालीका डोल्पा र रुकुम पश्चिम तथा मधेसको धनुषामा पनि एक–एक जनाको मृत्यु भएको विवरण छ।

यी आँकडा असोज ८ गतेयताका बाढीपहिरोसम्बन्धी हुन्। यसअघि भएका विपदका मृतकलाई यस विवरणमा जोडिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button